विश्वमा कोरोना : गत २४ घण्टामा ४ लाख ६२ हजार बढी संक्रमण मुक्त, १२ हजारको मृत्यु

डिसी नेपाल
१ पुष २०७७ ६:५०

काठमाडौं । विश्वभरमा गत २४ घण्टामा ४ लाख ६२ हजार ६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै विश्वभरमा हालसम्म ५ करोड १७ लाख ८२ हजार ३ सय ३५ कोरोनाका संक्रमितहरुले संक्रमण जितेका हुन्। यस्तै, गत २४ घण्टामा १२ हजार २ सय ८६ जना कोरोना संक्रमितहरुले गत २४ घण्टामा ज्यान गुमाएका छन्। योसँगै ज्यान गुमाउनेको संख्या १६ लाख ४० हजार २ सय ८१ पुगेको छ।

गत २४ घण्टामा विश्वभरमा ५ लाख ७२ हजार ७६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै विश्वभरमा कोरानाबाट संक्रमित हुनेको संख्या ७ करोड, ३७ लाख ७५ हजार ५ सय ५८ पुगेको छ। विश्वका २ सय २० देशमा कोरानाको संक्रमण पुगेको वल्र्डो मिटरले जनाएको छ।

गत २४ घण्टामा अमेरिकामा १ लाख ८८ हजार २ सय २६ जना कोरोनाका नयाँ विरामी थपिएका छन् भने १ लाख १६ हजार ६ सय ७५ जनाले कोरोनाको संक्रमणबाट मुक्ति पाएका छन्। यस्तै अमेरिकामा हालसम्म ९९ लाख ९८ हजार ७ सय ९९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। १ करोड ७१ लाख ३२ हजार १ सय ३० जनामा पुष्टि भएको कोरोना संक्रमणका कारण हालसम्म ३ लाख १० हजार ७ सय ९३ जनाले ज्यान गुमाएका छन्। गत २४ घण्टामामात्र २ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ।

ब्राजिलमा ४४ हजार ८ सय ४९ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन् यो सँगै ब्राजिलमा कोरोनाका संक्रमितको संख्या ६९ लाख ७४ हजार २ सय ५८ पुगेको छ। हालसम्म् ६० लाख ६७ हजार ८ सय ८२ले कोरोना जितेको ब्राजिलमा गत २४ घण्टामा ५१ हजार ७ सय ७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म १ लाख ८२ हजार ८ सय ५४ जनाको कोरोनाका कारण ज्यान गएको ब्राजिलमा गत २४ घण्टामा ९ सय बढीको मृत्यु भएको छ।

संक्रमितको संख्यामा विश्वमा अमेरिकापछि रहेको भारतमा भने गत २४ घण्टामा २६ हजार ४ सय १ जना कोरोना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ लाख ३२ हजार ९ सय ८ पुगेको छ। संक्रमितहरु मध्ये धेरै निको हुनेको संख्या पनि अन्य देशहरुमा भन्दा भारतमा धेरै देखिएको छ। भारतमा हालसम्म ९४ लाख ५५ हजार ७ सय ९३ जना कोरोनाको संक्रमणबाट मुक्त भएको भारतमा गत २४ घण्टामा ३३ हजार ९ सय ६१ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। हालसम्म १ लाख ४४ हजार १ सय ३० जनाको कोरोनाकै कारण ज्यान गएको भारतमा गत २४ घण्टामा भने करिव ३ सयको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *