युवाको उद्यमशीलता र वित्तीय साक्षरता विकासका लागि राष्ट्रिय वाणिज्य बैंक र युवा परिषदबीच सम्झौता

डिसी नेपाल
३ पुष २०७७ १४:१५

काठमाडौं। युवाको उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंकले एक कार्यक्रमका बीच युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरता को तालिम संचालन गर्न सम्झौता भएको उल्लेख गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तरमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ। सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने विज्ञप्तिमा उल्लेख छ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने दावी गरेका छन्। उनले कोरोना भाइरसका कारण समस्यामा रहेका लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्नेमा आशावादी रहेको बताए।

सोही क्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यो तालिमले युवालाई व्यवसाय र शिप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *