कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

डिसी नेपाल
२१ असार २०८३ १९:४३

तानसेन (पाल्पा) । कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो ।

उनीलाई रु ५१ हजार नगद, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले सो पुरस्कार स्थापना गरेका हुन्।

उक्त पुरस्कारबाट हालसम्म साहित्यकार झपेन्द्र जिसी, वैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका प्रमुख डा रचेल कारख र साहित्यकार मोहन दुवाललाई पुरस्कृत गरिसकिएको प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीले बताए।

पाल्पाको इतिहासमा शिक्षा साहित्य र राजनीतिको क्षेत्रमा स्वर्गीय कमलराज रेग्मीको योगदान अमूल्य रहेको अध्यक्ष रेग्मीले बताए। उनले भने, ‘उहाँ २००७ सालका क्रान्तिका कमान्डर हुनुहुन्थ्यो । उहाँका नाममा यहाँ पुरस्कार राशी स्थापना हुनु पाल्पाका लागि गौरवको विषय हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *