ओम्नी प्रकरणः थप अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई लेखा समितिको पत्र
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखासमितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको समिति सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।
उनले भने, ‘माननीय सदस्यहरुले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड १९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार विमर्श गर्ने क्रममा खरिद प्रक्रिया पूर्णरुपमा नियमसंगत नभएको देखियो। यसमा विभिन्न पदाधिकारीहरुको संलग्न हुनुहुन्छ। उहाँहरु दोषी हुनुहुन्छ। दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानविन गर्न अख्तियारलाई लेखि पाउने गरी निर्णय भएको छ।’
समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment