लायन्स क्लबको राहत चेपाङलाई

रासस
४ पुष २०७७ १९:४९

काठमाडौं । लायन्स क्लब अब काठमाडौँ हेरिटेज धरहराले धादिङका चेपाङ बस्तीमा राहत वितरण गर्ने भएको छ । प्रसाद गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बीओडी बैठकले धादिङको उपल्लो भेगमा अति कष्टकर जीवन बिताइरहेका चेपाङ बस्ती चोतेशमा पुस महिनाभित्रै राहत बाँड्ने निर्णय गरेको हो ।

चेपाङ बस्तीमा राहत पाउनेहरूको तथ्याङ्क सङ्कलन गरी पुस महिनाभित्र राहत वितरण गर्ने निर्णय भएको उपाध्यक्ष राजाराम थापाले बताए । हाल उक्त भेगमा ४५ घरधुरी चेपाङ बस्ती छ भने सात घरधुरी तामाङ र दुईतीन घर अन्य समुदायको बस्ती रहेको छ ।

बैठकले अध्यक्ष गुरुङसहित क्लबका (पीभीएसटी) पदाधिकारीले उक्त राहत वितरण गर्ने स्थानको स्थलगत निरीक्षण गरी एकसाताभित्रै योजना बनाउने र छिटै राहत वितरण गर्ने निर्णयसमेत गरेको उपाध्यक्ष थापाले बताए । बैठकमा राहत वितरण गर्नका लागि क्लबमा आबद्ध तीन दर्जन सक्रिय सदस्यहरुले स्वेच्छिक रुपमा रकमसमेत सङ्कलन गरेका छन् ।

यसैगरी बैठकले पूर्वअध्यक्ष एवं जोन–३२ का चेयरपर्सन लायन्स नेत्र गुरागाईँ लाई प्रशिक्षण कार्यक्रमको संयोजकसमेत तोकेको जनाएको छ । विभिन्न सङ्घसंस्थालाई सहयोग पु¥याउँदै आएको लायन्स क्लब अब काठमाडौँ हेरिटेज धरहराले कोरोना भाइरसबाट प्रताडितलाई लक्षित गरी उपत्यकाका विभिन्न स्थानहरुमा सेनटाइजर, मास्कलगायत स्वास्थ्य सामग्रीहरु बितरण गर्दै आएको थियो ।

यसैगरी काठमाडौँको उत्तरी बेल्टमा रहेको गोलढुङ्गामा वर्षेनी वृक्षरोपणसमेत गरिरहेको जनाएको छ । क्लबले २०२० यता एक दर्जन नयाँ सदस्यलाई समेत क्लबमा भित्र्याएको जनजाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *