बिपक्षी खेलाडीलाई थुक्दा पाँच खेलमा प्रतिबन्ध

डिसी नेपाल
८ पुष २०७७ १५:०५
136
Shares

काठमाडौं । बिपक्षी खेलाडी माथि थुकेका कारण बोरुसिया मोनशेनग्लाबाखका स्ट्राइकर मार्कस थुरमलाई पाँच खेलमा प्रतिबन्ध लगाईएको छ । खेलको क्रममा उनले बिपक्षी टोली होफेनहीमका खेलाडी माथि थुकेका थिए । जर्मन फुटबल महासंघका अनुसार यो प्रतिबन्ध बुन्देसलीगामा मात्र लागु हुनेछ । मार्कस थुरम माथि एक खेलमा प्रतिबन्ध पनि जारी रहने छ जुन २१ डिसेम्बर २०२१ सम्म राम्रो व्यवहारको स्थितिमा निर्भर गर्दछ।

खेलमा ट्याकलबारे बहस सुरु भएपछि थुरमले डिफेन्डर स्टीफन पोस्चको अनुहारमा थुकेका थिए। रेफ्री फ्रान्क विल्लेनबर्गले भिडियो हेरेपछि थुरमलाई पहेंलो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए। शनिबार भएको खेल होफेनहिमले २–१ ले जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *