आज पुस ९ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल पुस ९ गते, बिहीबार । सन् २०२० डिसेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । दशमी तिथि । चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मिनेट र सूर्यास्त बेलुकी ५ः१३ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरन्जनमा समय र पैसा जानेछ। लगानीमा नयाँ कामको सुरुवात हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक विवाद पर्नेछ। यात्रामा कठीनाइ हुनेछ। फाइदा अरुलाइ जानेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरसापटको धन मिल्नेछ। कृषि कामको थालनी हुनेछ। आर्थिक कारोबार बढ्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनको कारोवार बढ्नेछ। सरसापटीमा धन जानेछ। आफन्तले सहयोग गर्नेछन्।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी काजमा प्रगति हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। वैदेशिक धनको फाइदा हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) जिम्मेवारीमा अपजस मिल्नेछ। व्यक्तिगत चिन्ताले सताउने छ। स्वास्थ्यमा समस्या आउनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परदेशवाट धनको सहयोग मिल्नेछ। परिवारले खुशी दिनेछन्। प्रेममा कुरा अगाडि बढ्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वादविवादमा जित हुनेछ। पुरानो रोगले छोड्नेछ। भाइ भाइमा मित्रता हुनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि धनको सुख मिल्नेछ। अध्ययनमा प्रगति मिल्नेछ। व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मानसिक चिन्ताले बाधा पार्नेछ। यात्राको सुख मिल्नेछ। जिम्मेवारी थपिनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) उत्साहले काममा प्रगति हुनेछ। सानो यात्रा हु्नेछ। साथीभाइमा रमाइलो हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपिनमा बढी ध्यान जानेछ। धन संग्रह हुनेछ। पारिवारिक भेटघाटमा रमाइलो हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment