शहीद स्मारक ‘सी’ डिभिजन लिग मार्चमा हुने

डिसी नेपाल
९ पुष २०७७ १५:४९
108
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग अर्को वर्ष मार्चमा गर्ने निर्णय गरेको छ । बिहीबार सातदोबाटो एन्फा कम्प्लेक्समा ‘सी’ डिभिजन क्लबका प्रतिनिधिहरूसँगको बैठकले यो निर्णय गरेको हो । एन्फाले लिगमा भाग लिने क्लबहरूको तयारी का लागि लाग्ने खर्च बढाउने निर्णय गरेको छ। निर्णय पछि क्लबहरूले लिगको तयारीका लागि अब रु ९ लाख पाउने भएका छन । बैठकले अंक कटौती प्रणाली जारी राख्ने निर्णय पनि गरेको छ।

प्रतिनिधिहरूसँगको बैठकमा स्वास्थ्य र प्रशिक्षण प्रोटोकोलको बारेमा ब्रिफिङ गरिएको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमण तुलाधर, लिग कमिटीका संयोजक बिज्ञानराज शर्मा लगायत एन्फाका अन्य अधिकारीहरू पनि बैठकमा उपस्थित थिए। यसअघि बुधवार एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *