‘प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि’

डिसी नेपाल
९ पुष २०७७ २०:२५

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताएका हुन् ।

संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उनले बताए । आफ्नै पार्टीभित्रबाट सरकार ढालेर अस्थितरता निम्त्याउन लागेपछि व्यवस्था बचाउन जनताको माझमा जाने फैसला प्रधानमन्त्रीले गरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *