पीएम कप महिला क्रिकेटः उद्घाटन खेलमा लुम्बिनी प्रदेशको फराकिलो जित

डिसी नेपाल
११ पुष २०७७ १५:३७

काठमाडौं । सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरूवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७७ रन बनायो । उसका लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रन बनाए । बिमला मगरले १० रनमा बनाइन । लुम्बिनीकी सुस्मिता भुषालले ३ विकेट लिइन् ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभर एक बलमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि गिता गोसाई २३ रन बनाइन । यस्तै कप्तान नेरी थापाले १५ रनमा पेभेलियन फर्किइन। प्रदेश २ की कविता गौतमले १ विकेट लिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *