कोरोनाविरुद्धको खोप भारतबाटै ल्याउने नेपालको तयारी

डिसी नेपाल
११ पुष २०७७ १७:५१

काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप नेपालले दक्षिणी छिमेकी भारतबाटै ल्याउने तयारी गरेको छ। दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य भारतमा विकसित भइरहेको खोप ल्याउनेबारे छलफलमा जुटेका छन्।

उनले २४ डिसेम्बरमा भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तलाई यही विषयलाई लिएर भेटेका छन् भने २१ डिसेम्बरमा भारतीय पोख उत्पादक कम्पनी सिरम इन्टिट्यूटका वरिष्ठ अधिकारी प्रकाशि सिंहसँग छलफल गरेका छन्।

अमेरिका र यूरोपमा कोरोनाविरुद्धको भ्याक्सिनेशन शुरु भएपछि नेपालमा खोप ल्याउनेबारे बहस भइरहेको छ। यहीबीचमा नेपाल सरकारले विभिन्न ७ वटा देशमा अनुदानका रुपमा कोरोना विरुद्धको खोपका लागि सहयोग गर्न कूटनीतिक नोटसमेत पठाइसकेको छ। तर, ती पत्रको के जवाफ आयो भन्ने विषयमा केही बताइएको छैन।

तर, दिल्लीमा नेपाली राजदूतको सक्रियता बढ्नुले नेपाल भारतबाटै खोप ल्याउने तयारीमा लागेको बुझ्न सकिन्छ। भारतबाट नेपालले खरिद गरेर ल्याउने की अनुदानमा भन्ने स्पष्ट भएको छैन। भारतमा हाल तीनवटा खोपको क्लिनकल ट्राइल जारी छ। सिरम इन्टिट्यूटले एस्ट्राजेनेकासँग मिलेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप उत्पादन गरिरहेको छ।

त्यस्तै यस्तै भारत बायोटेक कम्पनीले कोभ्याक्स नामको खोप विकसित गरिरहेको छ। भारतमा अर्को रुसी खोप स्पुतनिक भी को पनि परीक्षण चलिरहेका छ। तीनवटै खोप हाल क्लिनक ट्रायलमा छन्। र तीनै खोपले भारतमा आपतकालिन प्रयोगका लागि अनुमति मागिसकेका छन्। तर, हालसम्म भारत सरकारले कुनै खोपलाई पनि अनुमति दिइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *