गिरिजा प्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता फागुनमा हुने

डिसी नेपाल
११ पुष २०७७ १९:३२

मोरङ । स्वर्गिय शिखर पुरुष गिरिजा प्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अगामी फागुन महिनामा प्रदेश नम्बर एकको राजधानी बिराटनगरमा हुने भएको छ । मोरङ जिल्ला हक्की संघका उपाध्यक्ष राजेस गुप्ताको अध्यक्षतामा आज (शनीवार) बसेको जिल्ला हक्की सघ्को बैठकले अगामी फागुन ४ गतेबाट प्रदेश नम्बर एक को राजधानी बिराटनगरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । उक्त अवसरमा गुप्ताको अध्यक्षयतामा प्रतियोगिता आयोजक समिती बनाईएको छ ।

यसअघि २०७५ मा प्रतियोगिताको पहिलो संस्करण झापामा तथा दोस्रो संस्करण २०७६ को माघ महिनामा बिराटनगरमा आयोजना भएको थियो । झापामा भएको प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो । बिराटनगरमा भएको दोस्रो संस्करणको रोमान्चक फाईनलमा प्रदेश ५ ले अघिल्लो संस्करणको विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको थियो । फागुन ४ देखी ८ गतेसम्म हुने प्रतियोगिता प्रदेश नम्बर एक को राजधानी बिराटनगर स्थित शहिद रंगशालामा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हकी टोली विश्व वरियतामा हाल ८४ औं स्थानमा रहेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *