एकदिवसीय क्रिकेट ईतिहासमै पहिलो चौका प्रहार गर्ने खेलाडीको निधन

डिसी नेपाल
११ पुष २०७७ २०:२२

काठमाडौं । ईङल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको ८३ बर्षको उमेरमा निधन भएको छ । ईङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले उनको निधन भएको जनाएको छ । बायाँ हाते ब्याटसम्यान इडरिचले आफ्नो करियरको ७७ टेस्ट खेलमा ईङल्यान्डका लागि पाँच हजार भन्दा अधिक रन बनाएका थिए । उनले सन् १९६३ देखी १९७६ सम्म ईङल्यान्डका लागि खेलेका थिए ।

ईङल्यान्डका लागि एक खेलमा इडरिच कप्तान पनि बनेका थिए । क्रिकेट ईतिहासमा उनी पहिलो एकदिवसीय क्रिकेट टोलीको हिस्सा रहेका थिए र उनी एकदिवसीय क्रिकेटमा पहिलो चौका प्रहार गर्ने खेलाडी बनेका थिए । सरेका लागि काउन्टी क्रिकेट खेलेका इडरिचले आफ्नो प्रथम श्रेणीको क्रिकेट करियरमा ३९ हजार भन्दा बढी रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *