म्यान्चेष्टर सिटीका दुई खेलाडीमा कोरोना पुष्टि

डिसी नेपाल
११ पुष २०७७ २०:४१

काठमाडौं । म्यान्चेष्टर सिटीका दुई जना खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्ट्राइकर गेब्रेल जिसस र डिफेन्डर कायल वाकरमा सङ्क्रमणको पुष्टि भएको हो ।

जिसस र वाकर प्रिमियर लिग अन्तगर्त हुने न्यू कैसल विरुद्धको खेलमा अनुपस्थित रहनेछन् । दुई दिनपछि सिटीले इभर्टन र जनवरी ३ मा चेल्सीको सामना गर्नेछ । जिससलाई बिस्थापित गर्ने सर्जिओ एग्वेरो घुँडाको चोटबाट मुक्त भएपछि मंगलबार १६ मिनेटसम्म खेले । ब्राजिली फरवार्ड २३ वर्षीय जिससले जारी सिजनमा चार गोल गरेका छन । यद्दपी घाईते भएर उनी एक महिना मैदान बाहिर थिए । ३० वर्षीय वाकर दोस्रो रोजाइका खेलाडी हुन । म्यान्चेष्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुलभन्दा आठ अङ्क तल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *