पाकिस्तान बिरुद्वको टेस्टमा केन विलियमसन सतक नजिक

डिसी नेपाल
११ पुष २०७७ २२:१८

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले पाकिस्तान बिरुद्व पहिलो टेस्टको पहिलो दिनको खेल सकिदा सम्म ३ विकेट गुमाएर २२२ रन बनाएको छ । न्युजिल्यान्डका कप्तान केन विलियमसन पहिलो दिनको खेल सकिदा सम्म ९४ रन बनाएर क्रिजमा अविजित रहेका छन । उनलाई अर्को छेउबाट हेनरी निकोल्सले ४२ रन बनाएर साथ दिरहेका छन ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको पाकिस्तानले सुरुवात राम्रो गरेको थियो । पाकिस्तानी बलर शाहीन शाह अफरीदीले ओपनर टोम लाथम (४) र टोम ब्लंडल (५) लाई आउट गर्दै पवेलियन पठाए । तर त्यसपछि पाकिस्तानी बलरहरुलाई केन विलियमसनले दबाबमा राखे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विलियमसनले क्रिजमा जम्दै अनुभवी खेलाडी रोस टेलरलाई साथ दिए । दुबै खेलाडीले मिलेर तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे । टेलर ७० रन बनाएर आउट भए । उनले आफ्नो ईनिङमा १५१ बलको सामना गर्दे १० चौंका र एक छक्का प्रहार गरे । त्यसपछि विलियमसनले हेनरी निकोलसको साथ पाए । दुबै खेलाडीले क्रिजमा जमेर खेल्दा पहिलो दिनको खेल सकिदा सम्म पाकिस्तानले चौंथो विकेट लिन सकेन । दुबै खेलाडीबीच ८९ रनको साझेदारी भएको छ । निकोलसले आफ्नो ईनिङमा एक सय बलको सामना गर्दै चार चौका प्रहार गरिसकेका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *