चार दिनमा पनि नियन्त्रणमा आएन पाथीभरा क्षेत्रको डढेलो

रासस
१२ पुष २०७७ २३:१३

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्वको जङ्गलमा डढेलो लागेको हो । पाथीभरा मन्दिरसम्म पुग्न दुई किलोमिटर रहेको पाथीभरा काफ्लेले जानकारी दिए ।

शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले आगो नियन्त्रणमा लिएको तर शुक्रबार राति फेरि डढेलो शुरु भएको हो । नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पाथीभरा क्षेत्रका कर्मचारीले नियन्त्रणका लागि प्रयास गरिरहेको काफ्लेले जनाकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *