‘आइसीसीले आईपीएल टिमको घोषणा गर्‍यो’

डिसी नेपाल
१३ पुष २०७७ १३:०३

काठमाडौं । पाकिस्तानका पूर्व खेलाडी शोयब अख्तरले आईसीसीको आलोचना गरेका छन् । आइतबार आईसीसीले घोषणा गरेको टिम अफ दि डिकेडलाई लिएर उनले आलोचना गरेका हुन् ।

सार्वजनिक भएको तिनओटै फर्म्याटको टिममा कुनै पनि पाकिस्तानी खेलाडी परेका छैनन् । यहि कुरालाई लिएर अख्तरले आईसीसीले आईपीएल टिमको घोषणा गरेको भन्दै आलोचना गरेका छन् । उनले आईसीसीको कार्यप्रणालीमाथि पनि प्रश्न उठाएका छन् । उनले पैसाको कारण आईसीसीले खेलाई बर्बाद गरिरहेको पनि बताएका छन् ।

उनले आफ्नो युट्युबमा बोल्दै आईसीसीले पाकिस्तान आफ्नो सदस्य भन्ने कुरा बिर्सिएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *