दोस्रो टेष्टमा भारत ऐतिहासिक जिततर्फ

डिसी नेपाल
१३ पुष २०७७ १३:३१

काठमाडौं । अस्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत ऐतिहासिक जिततर्फ अग्रसर भएको छ । सोमबार तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १ सय ३३ रनको बनाएको छ । अष्ट्रेलियाले मात्र दुई रनको अग्रता लिएको छ । अस्ट्रेलियाका लागि क्यामरुन ग्रिन १७ र प्याट कमिन्स १५ रनमा खेलिरहेका छन् । भारतीय बलरमध्ये रवीन्द्र जडेजाले दुई विकेट लिएका छन् ।

यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ३ सय २६ रन बनाएको थियो । कप्तान अजिन्ख्य रहानेले १ सय १२ रन बनाए भने जडेजाले ५७ रनको योगदान गरे । अस्ट्रेलियाले भने पहिलो इनिङ्समा १ सय ९५ रन बनाएको थियो । चार टेस्टको शृंखलामा अस्ट्रेलिया १–० ले अगाडि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *