कोरोनाको नयाँ प्रजाति नेपालमा भेटिएको हो ?
काठमाडौं। बेलायतबाट नेपाल फर्किएकाहरुमध्ये केहीमा संक्रमण देखिए पनि नयाँ प्रजातिको भाइरस संक्रमण हो वा होइन भन्ने पुष्टि भएको छैन। हो वा होइन भनि यकिन गर्न जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। त्यसैले जिन सिक्वेन्सिङको प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिनअघि आएकाहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ। बेलायतबाट फर्केका मध्ये केहिमा संक्रमण पुष्टि भएको छ । पुष १ गते पछि बेलायतबाट नेपाल आएका २ सय ७७ जना सबैलाई क्वारेन्टिनमा नै बस्न भनिएको छ।
ती मध्ये पछिल्लो समयमा नेपाल भित्रिएका १४ जनालाई भने कोभिड संकट व्यवस्थापन केन्द्रले नै संस्थागत क्वारेन्टिनमा राखेको छ। बेलायतबाट आएका मध्ये केहीमा संक्रमण देखिएको छ । तर उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो भन्ने पुष्टी भने भएको छैन। हो होईन पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने भएकोले त्यस्को प्रक्रिया अघि बढाईसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए।
मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो। नयाँ प्रजातिको भाइरसका बिरामीको लक्षण पनि कोभिड–१९ कै जस्तै हुने चिकित्सकको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment