लाइसेन्स फारम खुल्यो, कुल २ सय जनाले आवेदन दिन पाउने

डिसी नेपाल
१४ पुष २०७७ ११:३४
1.6k
Shares

काठमाडौं। कोरोना महामारीका कारण गएको चैतदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मंलबार देखि खुलेको छ। लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी दिए। कोरोना भाइरस संक्रमणको त्रासका कारण गत नौ महिनादेखि बन्द फाराम जनजीवन सामान्य तर्फ फर्कन थालेसँगै खोलिएको उनको भनाई छ।

अझै पनि भाइरसको संक्रमण कायमै रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिएको बताए।

उनले भने, ‘अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको छ अब नियमित परीक्षा लिने तयारी छ।’  लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको बताउँदै उनले समस्या समाधानको प्रयास भइरहेको बताए।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि गरिएको छ।

काठमाडाैं उपत्यकाका चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *