एनआरएनएले कोभिड–१९ को अवधिमा समस्यामा परेका आप्रवासीलाई सहयोग गर्ने (सूचनासहित)

डिसी नेपाल
१४ पुष २०७७ १६:२५

काठमाडौं। गैरआवासीय नेपाली संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले वैदेशिक रोजगारको क्रममा समस्यामा परेका नेपालीहरुलाई गरिने सहयोग जारी रहेको जनाएको छ। आज सूचना जारी गर्दै कोरोना अवधिमा समस्यामा परेका नेपालीलाई गरिने सहयोग जारी रहेको जानकारी दिएको हो।

विभागका उपाध्यक्ष तथा संयोजक डा.बद्री केसीका अनुसार कोभिड–१९ को माहामारीको क्रममा वैदेशिक रोजगारका क्रममा विश्वभरी समस्यामा रहेका (विशेष गरि खाडी मुलुक तथा मलेसिया)नेपालीहरुलाई उद्धारलगायतको सहयोग गर्ने सूचना जारी गरेको हो।

विभागले सम्बन्धित देशमा नै रहेको गैरआवासीय नेपाली संघ(राष्ट्रिय समन्वय परिषद)मार्फत अथवा सिधैं नेपालस्थित विभागलाई नै सम्पर्क गरेमा छिटो समस्याका हल हुने जनाएको छ।

वैदेशिक रोजगारको क्रममा विदेशमा जागिर गुमेका, खान बस्नको लागि समस्या भएका, अलपत्र परेका, स्वास्थ्य सम्बन्धी कुनै समस्या भएका, मानसिक पीडा भएका वा डाक्टरको आवश्यकता परेका, भीषा सकिएर जरिवाना तिर्न नसकिरहेका, नेपाल फर्कनलाई समस्या भएका, जेल वा घरफिर्ती केन्द्रमा हवाइ टिकट नभएर अलपत्र परेका, रोजगारदाताले तलब नदिएकाले श्रमिक अदालतमा वा अन्य निकायमा निवेदन दिन चाहेका अथवा अन्य कुनै कानुनी समस्याहरु भएका, नेपाल आइपुगेपछि पनि घरसम्म पुग्ने कुनै व्यवस्था नभएका लगायतका समस्यमा परेकाहरुलाई विभागले सहयोग गर्ने जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *