बागमतीमाथि प्रदेश १ को सहज जित

डिसी नेपाल
१४ पुष २०७७ १७:२७
36
Shares

दाङ। प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। समूह बी मा रहेको प्रदेश २ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार दिनको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित गर्यो।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा सिमित हुन पुग्यो। बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन्। यी दुई ब्याट्सवुमन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्।

बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन्। भने सबनम राई , अलिशा खाडिया र निशा शाहले पनि १(१ विकेट लिए।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो।

प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन्। ५५ बलको सामना गरेकी उनले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन्। यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन्।

बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् भने कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले १–१ विकेट लिइन्।

अब प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ। भने दिनको दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ।

यता प्रतियोगिताको समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *