पहिलो टेष्टमा दक्षिण अफ्रिका एक पारी र ४५ रनको विशाल अन्तरले विजयी

डिसी नेपाल
१५ पुष २०७७ १४:२७

काठमाडौं । दक्षिण अफ्रिकाले श्रीलङ्का विरुद्धको पहिलो टेष्ट खेल एक पारी र ४५ रनको विशाल अन्तरले जितेको छ । जितसँगै दुई म्याचको श्रृखंलामा घरेलु टोलि दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले पहिलो पारीमा तयार गरेको छ सय २१ रनको जवाबमा श्रीलङ्काले दुबै पारीमा मात्र पाँच सय ७६ रन मात्रै जोड्न सकेपछि उसले विशाल अन्तरको हार बेहोर्नुपरेको हो । दोस्रो पारीमा श्रीलङ्काका कुशल परेराको ६४ रन तथा वनिन्डु हसरङ्गाको ५९ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उसको पारीका चार जना ब्याट्सम्यान डक आउट हुन पुगे ।

दक्षिण अफ्रिकी बलरहरुमा लुङ्गि एनगिडी, एनरिक नोर्जे, वियान मल्डर र लुथो सिपाम्लाले सामान दुई दुई विकेट लिए । यसअघि सेन्चुरियनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले आफ्नो पहिलो पारीमा तीन सय ९६ रनको योगफल तयार गरेको थियो । दिनेश चण्डीमालले सर्वाधिक ८५, धनञ्जय डी सिल्भाले ७९, दसुन सनाकाले ६६ रनको पारी खेले । अफ्रिकी बलरहरुमा लुथो सिपाम्लाले चार, वियान मल्डरले तीन तथा लुङ्गि एनगिडी र एनरिक नोर्जेले सामान एक एक विकेट लिए । जवाबमा फाफ डु प्लेसिसले १९९ रनको उत्कृष्ट पारी खेलेपछि दक्षिण अफ्रिका आफ्नो पहिलो पारीमा छ सय २१ रनको योगफल तयार गरेको थियो । ओपनरद्वय डीन एल्गर र एडन मरकर्रमले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकी पारीको बलियो सुरुवात दिलाए । एल्गर ९५ र मरकर्रमले ६८ रन बनाएर पेभेलियन फर्केपछि मध्यक्रममा फाफ डु प्लेसिससले टेम्बा बभुनासँग पाँचौं विकेटका लागि १७९ रनको साझेदारी गरे । बभुना ७१ रन बनाएर पेभेलियन फर्किए ।

श्रीलङ्काका लागि वानिन्डु हसरंगाले सर्वाधिक चार विकेट लिए । भिष्वा फर्नान्डोले तीन तथा दसुन शनाकाले दुई र लहिरु कुमाराले एक विकेट लिए । डु प्लेसिस प्लेयर अफ द् म्याच घोषित भए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *