मनहरीका गाउँपालिकाका सबै वडामा आफ्नै भवन

डिसी नेपाल
१६ पुष २०७७ ८:४२

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ। अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ। गाउँपालिकाले आफ्नै लगानीमा छ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो। वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/०७८ को बजेटमा गाउँपालिकाले रु एक करोडका दरले रु पाँच करोड विनियोजन गरेको थियो थियो। रु एक करोड जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि छ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए।

ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन् । मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *