वर्ष २०२० : कोरोना संकटमा आयुर्वेदको पुर्नजन्म

उपेन्द्र शाही
१६ पुष २०७७ १२:४४

काठमाडौं। विश्वभरका अधिकांश मानिसहरुका लागि सन् २०२० सुखद् भएन। कारण थियो विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कारोना भाइरसले स्वास्थ्य क्षेत्रमा खडा गरेको ठूलो चुनौती।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिन शुरु भाइरसले ठिकठाक चलिरहेको मान्छेको जीवनमा एक्कासी ब्रेक लगायो। महामारीका कारण मानव स्वास्थ्यमा पर्ने गरेको प्रत्यक्ष असरका कारण पर्यटन, शिक्षा, यातायात, उद्योगधन्दा, रोजगारीका क्षेत्र समेत प्रभावित हुँदा जनजीवन कष्टकर बन्यो, समय कठिन हुँदै गयो। त्यसैले इतिहासमा मानव जगतले कहिल्यै नबिस्रने वर्षकौ रुपमा दर्ज भएर सन् २०२० हामीमाझबाट विदा हुँदैछ।

तर, सन् २०२० ले हामीलाई धेरै कुराहरु सिकाएर जाँदैछ। त्यसमध्येको एउटा विषय हो, आर्युवेदको पुर्नजन्म। कृत्रिम बौद्धिकताको विकास गर्दै सम्पन्न होडबाजीमा चलिरहेको विश्वको ध्यानलाई कोरोना संक्रमणले बिषयान्तर गरिदियो। मानवजातिले अकस्मात भोगिरहेको पीडाले एकैपटक स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री स्वास्थ्यक्रमी, अस्पताल लगाएत स्वास्थ्यको क्षेत्रमा चरम अभाव सिर्जना भए।

आधुनिक चिकित्सा प्रणाली भएका देशमा पनि भाइरसको निर्विकल्प उपाय इम्यूनिटी पावर बलियो हुनु पर्ने माग बढ्यो। महामारी नियन्त्रण गर्न आधुनिक स्वास्थ्य विज्ञान त्यसबेला निरीह सावित भयो। यसले मानव जिवनमा थुर्पै प्रश्न सिर्जना गरिदिएको छ।

तर, चिकित्सा विज्ञानका जननी र धनाढ्य देशमा पनि कोभिडले आतंकको रुप लिइरहँदा आयुर्वेद तथा परम्परागत औषधि हाम्रो रक्षा कवच बन्न पुग्यो। लकडाउनको समयमा उपचारको आयुर्वेदीय पद्दति उपयोगी देखियो। त्यस समय हामीसँग कुन रोज्ने भन्ने विकल्प भएन। स्वास्थ्य संकट लगायत समग्र बैश्विक संकट समाधानको एक मात्र र अन्तिम विकल्प आयुर्वेदिक अर्थात जैविक दृष्टि बन्न पुग्यो।

विकसित देशहरुमा कोरोना संक्रमणको लहरले आतंक मचाइरहँदा नेपाल जस्तो कमजोर चिकित्सा प्रणाली र गरिब देशमा खतरनाक आतंकको रुप लिने अनुमान थियो। चिकित्सा विज्ञानले नसकेको इम्यूनिटी पावर बढाउने कुरा हाम्रो परम्परागत रुपमा चलिआएको आयुर्वेद तथा परम्परागत औषधिले ग-याे।

यस अर्थमा यो वर्षले हाम्रो परम्परागत अर्थात आयुर्वेदिक औषधिको पुर्नजिवन पायको वर्षको रुपमा पहिचान बनाएको छ। अमेरिका, चीन, बेलायत, इटली, रूस, फ्रान्स जस्ता आधुनिक चिकित्सा प्रणाली भयका धनी राष्ट्रको अवस्था दयनीय देखियो।

यी देशहरुमा कोरोना संक्रमणको लहरले आतंक मचाइरहँदा नेपाल जस्तो कमजोर चिकित्सा प्रणाली र गरिब देशमा खतरनाक आतंकको रुप लिने अनुमान थियो। चिकित्सा विज्ञानले नसकेको इम्यूनिटी पावर बढाउने कुरा हाम्रो परम्परागत रुपमा चलिआएको आयुर्वेद तथा परम्परागत औषधिले गर्यो।

भाइरसको निर्विकल्प उपाय इम्यूनिटी पावर बलियो हुनु पर्ने माग बढ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले नै बेसार पानी पिउन अनुरोध गरे। यस्तै परम्परागत रुपमा प्रयोग भइरहेका गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण, अदुवा, बेसार, लसुन, कालो मर्चा, टिमुर लगाएतका आयुवेर्दिक औषधिको प्रयोग बढ्यो।

जसकारण भाइरसले खतरनाक रुप लिन पायन। त्यसपछि थाहा भयो कि हाम्रो आयुर्वेदिक ओषधिको महत्व कति रहेछ? इम्यूनिटी पावर बढाउन यी र यस्ता आयुर्वेदिक औषधिको प्रयोग टड्कारो रुपमा खड्कियो। संकटको त्यो घडिमा मेडिकल साइन्सले रक्षा गर्न नसेको मानिसको रक्षा कवच बनेर आयुर्वेदको पुर्न जन्म भयो।

यस्तै योग, प्राणायाम र ध्यान गर्ने बानीको विकास भयो। यसले भाइरस नियन्त्रणमा सुनमा सुगन्ध थप्यो। नेपाल गरिब भएपनि कोरोनाको आतंक सोचेभन्दा धेरै कम भयो। मृत्युदर र कोरोना संक्रमणदर धेरै देशको भन्दा कम देखियो। धेरै प्रकारका रोग अस्पतालबाट सञ्चो हुन्छ भन्ने मान्छेको सोचमा पनि केही हदसम्म प्रश्न चिन्ह खडा भएको छ।

मान्छेले आफ्नो इम्यूनिटि पावरको महत्व बुझ्नु पर्ने कुरा महशुस गरेका छन्। असहज परिस्थिति एवं संघर्षका अनुभवबाट पाठ सिक्दै त्यसलाई शक्तिमा रुपान्तरण गर्न आगामी वर्ष २०२१ सार्थक बनोस्, सबै सबैका लागि आगमी वर्ष सुखद बन्न सकोस् आसन्न नयाँ वर्षको शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *