स्वदेशी उत्पादन पोदरेज अब हस्पिटलमा प्रवेश
काठमाडौं। करिव ४५ वर्ष अगाडि स्वदेशमा स्थापना भएको पोदरेजले आफ्नो व्यावसायलाई फैलाउँदै हस्पिटलमा प्रवेश गरेको छ। १९७२ मा स्थापना भएको पोदरेज नेपालको चर्चित ब्राण्ड हो। पोदरेजका दराज, झ्याल, ढोका र टेवलकुर्सी चर्चिछ छन्।

दुईवटा कारखानामार्फत आफ्नो सामान उत्पादन गर्दै आएको पोदरेजले नेपालका कोभिङ–१९ को संक्रमणपछि बिमारी बोक्ने ट्रली उत्पादन गर्न थालेको हो। शुक्रबार एका कार्यक्रममा बीच पोदरेजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज अस्पताललाई विमारी बोक्ने ट्रली हस्तान्तरण गर्यो।

कार्यक्रममा टिचिङ अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने अस्पतालको नीति रहेको बताए। उनले स्वदेशी सामानलाई प्रोत्साहन गर्दा विदेशबाट महंगोमा सामान ल्याउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।

‘विदेशबाट सामान ल्याउन यहाँ बिग्रियो भने त्यो समान बनाउने संभावना रहँदैन,’ काफ्लेले भने, ‘तर स्वदेश उत्पादनलाई प्रयोगमा ल्याउँदा सामान सस्तोमा पाइने र बिग्रियो भने बनाउने सुविधा पनि हुन्छ।’
कार्यक्रममा पोदरेज कम्पनीका सीइयो प्रमोद गौतम र बजार निर्देशक उपासना पाठक गौतमले बिमारी बोक्ने ट्रली हस्तान्तरण गरेका थिए।

No ads found for this position


डिसी नेपाल
Facebook Comment