सिन्दुर हाल्ने बेलामा प्रेमिकासँग भागे बेहुला, बेहुलीले तुरुन्तै जन्ती आएका युवासँग …

डिसी नेपाल
२४ पुष २०७७ १३:४७
6.4k
Shares

काठमाडौं। भनिन्छ जोडी भगवानले नै बनाएका हुन्छन्। तर के बेहुलो मण्डप छोडेर आफ्नी प्रेमिकासँग भागे भने के भन्ने?

भारतको कर्नाटकको चिकमंलगुरु जिल्लामा यस्ता घटना सार्वजनिक भएको छ। जहाँ, बेलुलाले विवाहको मण्डपबाट आफ्नी हुनेवाला श्रीमतीलाई छोडेर प्रेमिकासँग भागेका छन्। बेहुला प्रेमिकासँग भागेपछि बेहुलीले पनि जन्ती आएका एक युवकसँग विवाह गरिन्।

बेंगलुरु मिररका अनुसार नवीन र उनका भाइ अशोकको विवाह हुँदै थियो। अशोकको त विवाह भयो तर नवीन विवाह मण्डवबाट नै भागे। नवीन विवाहको सम्पूर्ण रीति रिवाजका सहभागी भए तर, जब सिन्दुर हाल्ने बेला भयो तब उनी मण्डपबाट प्रेमिका लिएर भागे।

विवाहको दिन नवीनकी प्रेमिकाले अन्य केटीसँग विवाह गरे विष पिएर आत्महत्या गर्ने चेतावनी दिएकी थिइन्। त्यही डरका कारण नवीन विवाह मण्डपबाट भागेका हुन्।

फिल्मी कथा जस्तो लाग्ने यो वास्तविक घटना यहीँ रोकिएन। रमाइलो त्यतिबेला भयो जतिबेला बेहुलीले जन्ती आएकैमध्येबाट आफ्नो जीवनसाथी खोज्न सुरु गरिन्। उनले खोजी चन्द्रप्पामा पुगेर रोकियो, जो यही सबै घटनाक्रममा साक्षी थिए।  चन्द्रप्पा बीएमटीसीमा बस कण्डक्टर छन्। दुवै परिवारको सहमतिमा सिन्धु र चन्द्रप्पाबीच हिन्दू परम्परा अनुसार विवाह भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *