कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन बाटो खुल्यो, सर्वोच्चमा परेको रिट खारेज
काठमाडौं । सर्वाेच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ विरुद्धको रिट खारेज भएको छ ।
मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरी निर्देशनात्मक आदेश दिएको प्रवक्ता भद्रकाली पोखरेलले बताए । योसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।
प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि भागवत अर्याललगायतले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेका थिए।
सो रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । रिटमा निर्णय ढिला नहुँदा कक्षा ११ मा अधिकांशले नयाँ पाठ्यक्रमअनुसार पढाए पनि केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पढाएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment