बाँस्तोला पक्राउविरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा

डिसी नेपाल
१ माघ २०७७ १८:३७

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि चन्द समूहले आन्दोलनको घोषणा गरेको छ । महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले शुक्रबार विज्ञप्ति जारी गर्दै चरणवद्धरुपमा आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

बाँस्तोला ललितपुर र मकवानपुरको सीमा‍बाट बुधबार पक्राउ परेका थिए । त्यसैको विरोधमा विप्लव समूहले माघ १० गते नेपालबन्दको घोषणा गरेको छ । जारी विज्ञप्तिमा माघ तीन गते देशव्यापी रुपमा विरोध जुलुस निकाल्ने साथै ५ र ७ गते विरोध सभा र विरोध प्रदर्शन गर्ने जनाएको छ । यस्तै ९ गते मशाल जुलुश निकाल्ने तथा १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *