टाेकियाेमा काेराेना संक्रमितकाे भार थेक्न नसक्ने अवस्था आउन सक्ने विज्ञहरुको चेतावनी

डिसी नेपाल
२ माघ २०७७ १०:२१

टाेकियाे। जापानकाे टाेकियाेमा भार थेक्न नसक्ने गरी कोरोना संक्रमित थपिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन। टोकियो महानगरका सरकारी अधिकारी र विज्ञहरुको समितिले विहीबार कोरोना भाइरसको अवस्थाको साप्ताहिक मूल्याङ्कन गरेको थियो।

विज्ञहरुको चेतावनीपछि टोकियो मेडिकल प्रणालीले संक्रमणको अवस्था चौथो स्तरमा यथावत कायम गर्ने निर्णय गरेको छ। टोकियोको एक हप्तामा संक्रमित हुनेको संख्या औषतमा १ हजार ६ सय ९९ मा उक्लिएको बताइएको छ।

अघिल्लो हप्ता यो संख्या १ हजार २९ मात्रै थियो। यो वृद्धि अघिल्लो हप्ताको भन्दा ६५ प्रतिशत बढी हो। टोकियोमा असअघि ६५ प्रतिशतले वृद्धि नभएको विज्ञहरुले जानकारी दिएका छन।

विज्ञहरुका अनुसार कोरोना संक्रमित हुनेको संख्यामा भएको वृद्धिदर यो हप्ता १ दशमलव ७ गुणाले बढ्नसक्ने छ। जसले गर्दा अस्पतालमा विरामीलाई भर्ना गर्ने ठाउँ नहुन सक्छ।

गत जनवरी ११ मा एक विरामीले अस्पतालमा बेड नपाएर ज्यान गुमाउनु परेको थियो। टाेकियाेका लागि डरलाग्दो रुप यही हो। यही प्रकारले कोरोनाका संक्रमितहरु बढेको अवस्थामा दुई हप्तामा अस्पतालमा भर्नाहुनुपर्ने विरामीको संख्या ४ हजार नाघ्ने छ।

जापानमा कोभिड–१९ का विरामीको चाप बढेर अन्य विरामीको उपचार नै प्रभावित भएको समेत बताइएको छ। टोकियोमा नयाँ संक्रमितको संख्यामा भएको वृद्धिका कारण कोभिडका विरामी राख्ने अस्पताल खोजिदिन जनस्वस्थ्य केन्द्रहरुले सरकारलाई आग्रह समेत गरेका छन। धेरै विरामीहरुले एक दिन कुरेरमात्रै अस्पतालमा भर्ना हुन सकेको विज्ञहरुले बताएका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *