लामाे समयदेखिकाे सपना पूरा भएकाे याे दिन – Dcnepal

लामाे समयदेखिकाे सपना पूरा भएकाे याे दिन

यस बेला मेरो मनमा अनेकन भावनाहरु एकैपल्ट दौडिरहेका छन्। धेरै समयदेखि अल्झिरहेको एक खड्को आज पार भएको भान भएकाे छ। आज दार्जिलिङ भानु भवनको प्रांगणमा मेरो बुवा गोपाल योञ्जनको मुर्ति स्थापनाको शिलन्याश कार्यक्रम सम्पन्न भएको छ।

यस उल्लेख्य कार्यको थालनीमा महत्वपूर्ण भूमिका निभाउन हुने GTA Chairman अनित थापा, GTA कमिटी, मित्र लामा अनि भाइहरु आर बी खड्का र अर्जुन रसाइलीलाई म मेरो परिवारका तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। यस्तो विषम परिस्थितमा पनि शिलन्यास कार्यक्रममा गाँउ बस्तीदेखि उपस्थित भइदिनुभएका सम्पूर्ण कलाकारहरु तथा कलाप्रेमीहरु सबैलाई पनि हामी धन्यवाद दिन चाहन्छौं।

२३ वर्ष बितिसकेछ, हामीले हाम्रो एक अभिभावक र नेपाली संगीतले आफ्नो सबैभन्दा उज्जल प्रतिभालाई गुमाएको। नेपाली गीत संगीतको सुनौलो युगलाई हाँक्ने यस महारथीले छापिदिएको बाटोले नै नेपाली गीत संगीतलाई परिभाषित गरिदिएको र आजसम्म पनि नेपाली गीत संगीत क्षेत्रको शीर ठाडो रहेको छ भन्दा दुई मत नहोला।

यस समय प्रवाहको दौरान उहाँका सांगीतिक योगदानलाई कसरी संरक्षण तथा सम्बर्द्धन गर्ने र जीवन्त राख्ने भन्ने सोच हामी परिवारका लागि सधैँ प्राथमिकताको विषय बनिरह्यो। यसै अनुसार हामीले प्रयास पनि गरिरह्यौं र हाम्रो प्रयास कायम छ। यहाँहरु मध्ये कतिलाई विधितै होला, गोपाल योञ्जनका सम्पूर्ण सिर्जनाहरु अमेरिकास्थित कर्नेल युनिभर्सिटीमा कहिले ननासिने गरी आरकाइभ भइसकेको छ।

साझेदारी गरी यस्ता कालजयी सिर्जनाहरुको संरक्षण र प्रवर्द्धन गर्नुको साटो उल्टो यस्ता गद्धारहरु पनि निस्के जसले गोपाल योञ्जनकै गीत संगीत माथि गलत हक जताइ बेची खान थाले। संगीत जगतको स्वघोषित इनसाइक्लोपिडीयाहरुले आफ्नो कल्पनामा आधारित बगमफुसे गफ हाँकी भ्रामात्मक कथाहरु पनि फैलाए। हामी नेपालीको मानसिकता कहिले काहीँ बुझ्न साह्रै गाह्रो छ।

र, यसका प्रवर्द्धन लागि कार्य भइराखेको छ। यहाँसम्म त पारिवारिक प्रयासले नै पु-याउन सक्यौं। तर सधैं खटकिएको एउटा पाटो चाहिँ सम्बन्धित निकायहरुको बेवास्ता, असहयोग, उदासीनता र धेरै हदसम्म असक्षमता थियो र सो अवस्था कायमै छ। गीत संगीत विज्ञहरु, तथा आधिकारिक संघ संस्थाबाट स्वत स्फुर्त आउनुपर्ने विचारहरु प्रस्तावहरुको कमी छ।

केही प्रस्तावनाहरु नआएका होइनन्। तर ती धेरै जसो गोपाल योञ्जनको नामको बुई चढी उचाईमा पुग्न खोज्ने निहीत स्वार्थमा लपेटिएर थिए। दुइ दिने प्रचार प्रसारको प्रस्तावहरु पनि नआएका होइनन्। बुवा बितेकै वर्ष प्रतिष्ठान खोल्नुपर्छ भन्ने पनि धेरै निस्किए। उनीहरुसँग सरसल्लाह र सुझावका लागि आमाको धेरै पटक भेट पनि भयो। तर सर्व प्रथम त को कुन पदमा बस्ने भनी उनीहरु आफू आफूनै तँछाड मछाड गर्न थाले।

प्रतिष्ठानको उद्देश्य, कार्यविधि र नेपाली गीत संगीतलाई दिनसक्ने दिशानिर्देषका बारे अनुसन्धान, विष्लेशण तथा कार्यनवयन गर्न प्रतिबद्धता जनाउने बेला सबै पछि हटे। वर्षको एकचोटी भेला भइ, श्रद्धाञ्जलि समारोह गरी, गोपाल योञ्जनको तस्बीरमा माल्यार्पण गरी, उहाँको महानताको बारे चर्चा गर्नका लागि मात्र प्रतिष्ठान वा कोष खडा गर्ने ‌औचित्य हामीले देखेनौं। अन्तत उहाँका गीत संगीतको जगेर्ना गर्ने जिम्मा मूलत हामी परिवारकै काँधमा आइपर्यो। केही सांगीतिक क्षेत्रका र केही संगीत प्रेमी हितैषिहरुले सधैं साथ, प्रोत्साहन र सुझाव दिइराखे। यो समूह सानै थियो र छ नै।

साझेदारी गरी यस्ता कालजयी सिर्जनाहरुको संरक्षण र प्रवर्द्धन गर्नुको साटो उल्टो यस्ता गद्धारहरु पनि निस्के जसले गोपाल योञ्जनकै गीत संगीत माथि गलत हक जताइ बेची खान थाले। संगीत जगतको स्वघोषित इनसाइक्लोपिडीयाहरुले आफ्नो कल्पनामा आधारित बगमफुसे गफ हाँकी भ्रामात्मक कथाहरु पनि फैलाए। हामी नेपालीको मानसिकता कहिले काहीँ बुझ्न साह्रै गाह्रो छ।

मलाइ लाग्छ, हाल चलिरहेका नेपाली गीत संगीतको स्तर कस्तो छ र संगीत क्षेत्र कतातिर लागिरहेको छ भन्ने प्रश्नको जवाफ गोपाल योञ्जनका गीतहरुमा खोजेहुन्छ। चामल पखालेको पानीलाई दुध भनी झुक्याइ पिलाउँदा पिलाउँदा नेपाली गीत संगीतका श्रोताको स्वाद पनि बिगारी उल्टै श्रोतामाथि नै दुध नभइ चामल पानी पिउने रुची भएको दोष थोपरिएको छ। यसै कारण पनि गम्भीर साधकहरु माथि उठ्न सकिरहेका छैनन्।

हुन त नेपालले गोपाल योञ्जनलाई “राष्ट्रिय धन” भनी संज्ञा नदिएको होइन। तर विडम्बना, “राष्ट्रिय धन” को सुरक्षा गर्ने जिम्मा चाहिँ राष्ट्र र राष्ट्रका सम्बन्धित निकायहरुले कहिल्यै लिएनन्। सब ओठे भक्ति मै सीमित रहे। यहाँसम्म कि मेरो बुवाको मार्गदर्शनमा धेरै कलाकारहरु स्थापित र चीर परिचीत बने। दुख लाग्दो कुरा उहाँहरुले गोपाल योञ्जनबाट गीत संगीत त सिक्नु भएछ, तर त्यो संगीतको गहिराईमा रहेको जीवन दर्शन बुझ्न सक्नुभएनछ।

कता कता मलाई लाग्छ-नेपालले गोपाल योञ्जनलाई कहिल्यै पुरै अपनाउन सकेन। उहाँबाट कहिल्यै प्रवासीको ट्याग मेटिन दिएन। शायद आजसम्म पनि दार्जिलिङ र अन्य सीमापारिका नेपाली मूलका कलाकारहरुले सामना गरिराखेको पडाव र पीडा यही हो।

जब जब नेपाललाई आफ्नो स्वाभिमानमाथि ठेस पुग्छ वा प्राकृतिक प्रकोपले पिरोल्छ तब गोपाल योञ्जनका राष्ट्रिय र उत्साहजनक गीतहरु विभिन्न मिडियाबाट घन्किन्छन्। तर उहाँको सम्झनामा र उहाँको सिर्जनाको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्न पट्टि भने दूरदर्शी सोच, प्रयत्न, लगाव, लगानी र निस्वार्थ समर्पण कहिल्यै भएन।

सृष्टिकर्ताले पनि शायद गोपाल योञ्जनको जन्मथलो दार्जिलिङ बनाइदिएका कारण आजकै दिनका लागि होला। यस शिलन्याश कार्यक्रमलाई हामी परिवारले एक सकारात्मक संकेतका रुपमा लिएका छौं। विशेष त आर बी खडका र अर्जुन रसाइली भाइहरुको प्रयत्नले उल्लेख्य नेपाली गीत संगीत र श्रष्टाको खोजी गर्ने युवा पुस्ताप्रति आश जागेको छ।

यस शिलन्यास कार्यक्रमलाई हामी हाम्रो अभियानको एक नयाँ पाटोको शुरुवातको रुपमा लिन्छौं। विडम्बना के छ भने यी दुई न त नेपालका नेपाली न दार्जिलिङका। यी भाइहरु भुटानी शरणार्थीको कष्टपद जीवन बिताएर हाल अमेरिकामा बसोबास गरी आएका छन्। साँच्चैनै कला र कलाकारले छोड्ने प्रभावको कुनै सीमाना हुँदो रहेनछ। शायद उहाँहरुको यस कदमले नेपाली गीत संगीतलाई माया गर्न दावी गर्नेहरुलाई सोच्न बाध्य बनाउला कि?

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो