ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव समूहको निर्णय

डिसी नेपाल
२ माघ २०७७ १९:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहलेकाे स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने र महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ ।

शुक्रबार पेरिसडाँडामा बसेको बैठकले पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी  एक नेताले बताए ।

संसद् विघटनपछि प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट पुस ७ गते नै हटाएको थियो । उनलाई केन्द्रिय सदस्यमा भने कायमै राखेको थियो । आजको बैठकले ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी पेशल खतिवडा, जयन्ती राई, पदम राई, राजेन्द्र राई र जगनाथ खतिवडालाई दिने निर्णय गरेको छ । बैठकले शहीद दिवसको अवसर पारेर माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *