न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेका छैनन् : सर्वोच्च
काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीशरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको बताएको छ। सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुले प्रधानमन्त्री ओलीले नभेटेको बताएको हो।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचार सम्प्रेशण हुनु दुःखद् र खेद जन्य विषय हो।’
सर्वोच्चले पत्रकार आचारसंहतिा विपरित र कानूनप्रतिकूल हुनेहुँदा कानूनी दायरामा आउनसक्ने भन्दै चेतावनीसमेत दिएको छ। केही सञ्चार माध्यमहरुले सर्वोच्चका ४ जना न्यायाधीशहरुले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा गोप्यरुपमा भेटेको भन्दै समाचार प्रकाशित गरेका थिए। सर्वोच्चले त्यसको खण्डन गरेको हो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment