नेपाली कांग्रेसले देशभरका स्थानीय तहमा सरकारका विरूद्ध प्रदर्शन गर्ने

डिसी नेपाल
३ माघ २०७७ १०:०३

काठमाडौं । नेपाली कांग्रेसले शनिबार (आज) देशभर प्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभाको विघटन विरुद्ध कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशसका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो। यही माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ स्थानीय तहका वडामा समेत प्रदर्शनको घोषणा पनि गरेको छ।

नेपाली कांग्रेसले पहिलो चरणको आन्दोलन अन्तर्गत पुष १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो। यस्तै पुष २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *