द्वन्द्व पीडितलाई दलहरुले प्रयोगमात्र गरेको आरोप
काठमाडौं। द्वन्द्व पीडितहरुले द्वन्द्व कालका पीडितलाई न्याय दिन सरकार र राजनीतिक दलहरु गैरजवाफदेही र असंवेदनशील बनेको आरोप लगाएका छन्। शनिबार शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्षको सन्दर्भमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा द्वन्द्व पीडितहरुले यस्तो आरोप लगाएका हुन्।
एमनेष्टी इन्टरनेशनल नेपाल र मूक्तिनाथ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा एमनेष्टी इन्टरनेष्नलका निर्देशक निराजन थपलिया, प्रतिष्ठानका अध्यक्ष कृष्ण विलास अधिकारी लगायत द्वन्द्व पीडितहरुको सहभागीता रहेको थियो।
उनीहरुले द्वन्द्व पीडितका पीडामाथिको राजनीति बन्द गर्न आग्रह गरेका छन्। कार्यक्रमा बोल्दै शहीद शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले आफ्ना पीडालाई राजनीतिक दलले प्रयोग मात्रै गरेको तर, न्याय दिने विषयमा गैरजिम्मेवारिता देखाएको बताए। उनले आफू निरन्तर १९ वर्षदेखि विभिन्न न्यायलय, प्रधानमन्त्री तथा मन्त्रीलाई भेटे पनि झुटो आश्वासन मात्रै पाएको बताए।
तत्कालिन विद्रोही माओवादीले लमजुङ दुराडाँडाका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको विस २०५८ साल माघ ३ गते हत्या गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment