जो बाइडेन पुगे क्यापिटल हिल (भिडियो लाइभ)

डिसी नेपाल
७ माघ २०७७ २२:१७

काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शपथ ग्रहणका लागि अमेरिकी संसद भवन क्यापिटल हिल पुगेका छन्। उनीसँगै नवनिर्वाचित उपराष्ट्रपति कमल ह्यारिस पनि शपथ ग्रहणका लागि क्यापिटल हिल पुगेकी छन्।

क्यापिटल हिलमा केही विशिष्ट अतिथिहरु पनि पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। ६ जनवरीमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले क्यापिटल हिलमा आक्रमण गरेकाले अहिले क्यापिटल हिलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जसका कारण क्यापिटल हिल परिसरमा सर्वसाधारण पुग्न सकेका छैनन्। कोरोना महामारीका कारण पनि शपथ ग्रहण समारोहमा मानिसहरुको बाक्लो उपस्थिति छैन। तर, करिब २ लाख झण्डा लगाइएको छ। केही घण्टापछि बाइडेनले शपथ ग्रहण गर्ने जनाइएको छ।

निवर्तमान राष्ट्रपति ट्रम्प भने शपथ ग्रहण समारोहमा सहभागी भएनन्। उनले राष्ट्रपति भवन ह्वाइटहाउस छाडेका छन्। उनी फ्लोरिडास्थित आफ्नो निवास पुगेका छन्। (एजेन्सीहरुको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *