बाईडेनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिमा सपथ
काठमाडौं । जो बाईडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन् । बुधबार क्यापिटल हिलमा भएको औपचारिक कार्यक्रममा उनले सपथ ग्रहण गरेका हुन् ।
बाईडेनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ ग्रहण गरेकी छन् । बाइडेनले गत नोभेम्बरमा भएको चुनावमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए ।
६ जनवरीमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले क्यापिटल हिलमा आक्रमण गरेकाले अहिले क्यापिटल हिलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जसका कारण क्यापिटल हिल परिसरमा सर्वसाधारण पुग्न सकेका छैनन्। कोरोना महामारीका कारण पनि शपथ ग्रहण समारोहमा मानिसहरुको बाक्लो उपस्थिति छैन।
निवर्तमान राष्ट्रपति ट्रम्प भने शपथ ग्रहण समारोहमा सहभागी भएनन्। उनले राष्ट्रपति भवन ह्वाइटहाउस छाडेका छन्। उनी फ्लोरिडास्थित आफ्नो निवास पुगेका छन्।
Facebook Comment