कोरोना परिक्षणमा जापान रोबर्टको प्रयोग गरिदैँ
टोकियो। जापानको रोबोट प्रणाली कावासाकी हेभी इन्डिष्ट्रिज इंकले बनाएको रोबर्टले कोरोना परिक्षण गर्न लागेको छ। जापानका स्वास्थ्यमन्त्री नोरिहसा तामुराले स्वचालित परीक्षण यन्त्रको डेमो हेरेका थिए।
सो यन्त्रले रोबोटिक आर्मको प्रयोग गरेर हरेक व्यक्तिको नाकबाट नमूना लिएर करिब ८० मिनेटको अन्तरमा नतिजा दिन सक्ने बताइएको छ। जापानले कोरोना भाइरसको परीक्षण बढाउन रोबर्टको प्रयोग गर्न लागेको भनि यहाका स्वास्थ्यमन्त्रीले बताएका छन्।
यो सामान्य खालको ढुवानी कन्टेनरमा अटाउने भएकाले र ट्रकको माध्यमबाट विभिन्न ठाउँमा लैजान सकिने रोवट्र कम्पनीले बताएको छ। यस यन्त्रलाई रंगशाला, थिम पार्क र मानिसहरुको भिडभाड धेरै हुने स्थानमा जडान गर्न सकिने कम्पनीले बताएको छ।
जापानको न्यून परीक्षण दरका कारण प्रधानमन्त्री योशिहिदे सुगा नेतृत्वको सरकारले निकै आलोचना खेप्नु परेको छ। जसका करण पनि रोबर्टको विकास गर्नु आवश्यक देखिएको छ भनि स्वास्थ्यमन्त्री तामुराले बताएका छन्।
टोकियो ओलम्पिक सुरु हुनुअघिसम्ममा दैनिक संक्रमित संख्या दुई सयभन्दा तल झारेर महामारी नियन्त्रण गरेको देखाउनु पर्ने दबाबमा सरकार रहेको छ । तर कोरोना भाइरस विरोधि खोप अहिलेसम्म पनि सुरु भएको छैन्।
रोबोट परीक्षण प्रणालीको प्रयोगले मेडिकल श्रमशक्ति जोगाउन र शुद्धता सुधारमा मद्दत गर्ने अपेक्षा तामुराको छ। उक्त रोबर्टले हरेक १६ घन्टामा दुई हजारसम्म नमूना परीक्षण गर्न सक्ने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment