कीर्तिमानधारी पावर लिफ्टर रुप कार्कीको निधन
काठमाडौं। पावर लिफ्टर रुप कार्कीको शुक्रबार निधन भएको छ। दुई पटकका विश्व च्याम्पियन भइसकेका कार्कीको हृदयघातका कारण निधन भएको हो। नेपाल घर बुटवल रहेका कार्की हाल अमेरिका बस्दै आएका थिए।
कार्कीले दुई पटक विश्व रेकर्डसमेत राखेका थिए। उनले २०१७ मा र २०२० मा विश्व रेकर्ड राखेका थिए। २०१० मा अमेरिका पुगेका कार्कीले अमेरिकामा १७ वटा स्वर्ण पदक र अन्तर्राष्ट्रिय खेलमा २ वटा स्वर्ण पदक जितेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment