जाँदाजाँदै उपद्रो गरेर गए ट्रम्प, जो बाइडेनका लागि ह्वाइट हाउसको ढोका खुलेन

डिसी नेपाल
१० माघ २०७७ १५:५३

काठमाडौं। अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि जो बाइडेन पत्नी जिललाई लिएर ह्वाइट हाउस पुगे । नर्थ पार्टिकोका सिढी चढेर उनले हात हल्लाएर प्रशंशकहरुलाई धन्यवाद दिए । त्यसपछि उनी भित्र जानको लागि फर्किए तर उनको अगाडि ह्वाइट हाउसको ढोका बन्द थियो । त्यतिबेलासम्म राष्ट्रपतिको परिवार पनि सिढी चढिसकेका थिए । तर, ढोका खुलेन । महाशक्ति अमेरिकाका नयाँ प्रमुखले आफ्नै निवासमा प्रवेश गर्नको लागि प्रतिक्षा गर्नुपर्यो । केही समय अनौठो स्थिति बन्यो, जो र जिलले एकअर्कालाई हेराहेर गरे ।

राष्ट्रपतिले केही समय पर्खिएपछि बल्ल ढोका खुल्यो । पूर्व राष्ट्रपति जर्ज डब्लु बुशका ह्वाइट हाउस सोसल सेक्रेटरी रहिसकेका ली बेरम्यान भन्छन् ‘यो प्रोटोकलको उल्लंघन हो ।’ खासमा प्रोटोकलको उल्लंघन हुने कारण पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उपद्रो थियो । किनकि जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने बेला ह्वाइट हाउसमा कुनै पनि चिफ अशर अर्थात मुख्य द्वारपाल थिएनन् । बाइडेन ह्वाइट हाउस पुग्नुभन्दा केही घण्टा पहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्य द्वारपाललाई जागिरबाट निकालिदिएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प राष्ट्रपति हुँदासम्म तिमोथी हार्लेथ ट्रम्पका मुख्य द्वारपाल थिए । उनी ट्रम्प इन्टरनेशनल होटलका रुम म्यानेजर थिए र २०१७ मा मेलानिया ट्रम्पले उनलाई ह्वाइट हाउसमा नियुक्त गरेकी थिइन् । शपथको दिन साढे ११ बजे तिमोथीलाई उनको सेवा समाप्त गरिएको अर्थात उनलाई जागिरबाट निकालिएको जानकारी दिइएको थियो । बताइएअनुसार तिमोथीले नोभेम्बरमै ह्वाइट हाउसको ब्रिफिङ बुक बाइडेनको ट्रान्जिसन टिमलाई पठाएका थिए । सम्भवतः यही कारण ट्रम्प उनीसँग रिसाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *