रातको २ बजे निद्रा खुल्दा यस्तो इमेल देखे, युवकको सबै निद्रा हरायो

डिसी नेपाल
११ माघ २०७७ १३:४५

काठमाडौं। अस्ट्रेलियामा बस्ने एक युवक बिहीबार बेलुका चाँडै निदाए । रातको २ बजे उनको निद्रा खुल्यो । बिउँझिएपछि ती युवकले आफ्नो इमेल हेर्न थाले । इमेल हेर्ने क्रममा उनलाई कुनै अनुमान नै थिएन तर जब उनले इमेल हेरे त्यसपछि उनको सबै निद्रा हरायो । ती युवक आफ्नो जीवनकै सबैभन्दा ठूलो पुरस्कार जित्न सफल भएका थिए । यी युवकले पावरबल लट्रीमा १० मिलियन डलरको ज्याकपट जितेका थिए ।

डेलीमेलको रिपोर्टअनुसार ब्रिस्बेनको स्याण्डगेटमा बस्ने यी युवक ट्रेडिङ गर्छन् र विगत केही समयदेखि लट्रीमा पनि पैसा लगाइरहेका थिए । यी युवकले जब थाहा पाए कि उनले पावरबलको १० मिलियन डलरको पुरस्कार जितेका छन् र उनको कमाइले आश्चर्यजनक तरिकाले आकाश छोइसकेको छ, उनको सबै निद्रा हरायो । यी व्यक्तिले यसबारे कुरा गर्दै भने ‘सुरुमा मलाई लाग्यो कि मैले १० हजार डलर जितेको छु । म धेरै खुसी थिएँ तर केहीबेरमै मलाई महसुस भयो कि मैले योभन्दा कैयौं गुणा ठूलो रकम जितेको छु किनकि मैले शीर्ष पुरस्कार जितेको थिएँ ।’

उनले आफूले यति ठूलो रकम जितेको भए पनि आफ्नो काम गरिराख्ने बताए । काम गर्न छाडे आफूलाई दिक्क लाग्ने उनले बताए । यी युवकले मातापिताको लागि एउटा घर किन्ने सोच बनाएका छन् । उनका अनुसार उनको दिमागमा कैयौं कुराहरु छन् तर अहिले उनले ठिकसँग सोच्न सकिरहेका छैनन् । उनलाई अझै पनि यो एक सपना जस्तै लागिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *