४८ सय पीसीआर परीक्षण गर्दा थप ३३९ जनामा कोरोना, निको हुने दर ९८.१ प्रतिशत

डिसी नेपाल
१२ माघ २०७७ १७:०७

काठमाडौं। सोमबार नेपालमा ४ हजार ८५८ जनाको पीसीआर परीक्षण गर्दा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९हजार ७८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

यस्तै हालसम्म १३२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ४८ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म निको हुने दर ९८.१ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *