विभोर होटलमा एक युवकको मृत्यु

डिसी नेपाल
१२ माघ २०७७ १९:१२

काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा एक युवकको ज्यान गएको छ। युवतीसहित सोमबार बिहान विभोर होटल पुगेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको हो।

युवतीसहित सोमबार बिहान होटल पुगेका उनले होटलमै आफूलाई असजिलो महशुस भएको र छाति दुखेको बताएका थिए। कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेकी थिइन्। प्रहरीका अनुसार श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा पल्टिएका थिए।

त्यसपछि युवतीले बोलाउँदा श्रेष्ठ नउठेपछि हल्लाखल्ली भएको थियो। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *