मडेर्नाको खोप कोरानाको नँया भाइरसविरुद्ध पनि प्रभावकारी हुने दावी

डिसी नेपाल
१२ माघ २०७७ २३:३१
76
Shares

काठमाडौं (एजेन्सी) । अमेरिकी फार्मा कम्पनी मडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी काम गर्ने दावी गरिएको छ। बीबीसीका अनुसार अमेरिकी फार्मा कम्पनीका वैज्ञानिकहरुले कोरोनको नयाँ भाइरसविरुद्ध पनि मडेर्नाको खोप प्रभावकारी दिएको बताएका छन्।

बेलायत र दक्षिण अफ्रिाकामा भेटिएको कोरोना भाइरसको नयाँ स्वरुप तिब्र रुपमा फैलिन्छ। यो स्वरुप नेपालसम्म आइपुगेको पुष्टि भइसकेको छ। यो नयाँ स्वरुपको भाइरसले मानव सेललाई छिटै संक्रमण गर्ने पुष्टि भएको छ।

नयाँ स्वरुपको भाइरस आएसँगै यसअघि नै विकास गरिएका खोप प्रभावकारी हुने वा नहुने भन्ने चिन्ता भइरहेका बेला मडेर्नाको खोप प्रभावकारी हुने दावी गरिएको हो। कम्पनीले नयाँ स्वरुपको भाइरस आइसकेपछि गरेको परीक्षणमा खोप प्रभावकारी रहेको दावी गरिएको छ।

तर, यसको व्यापकर परीक्षण हुनु आवश्यक रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *