भारतमा टिकटक फेरि चल्ने सम्भावना समाप्त, ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध

डिसी नेपाल
१३ माघ २०७७ १०:४७

काठमाडौं। चर्चित भिडियो शेयरिङ एप टिकटक भारतमा पुनः सुचारु हुने सम्भावना समाप्त भएको छ । भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले टिकटकसहितका ५९ चिनियाँ एपमाथि लगाइएको प्रतिबन्ध स्थायी गरिएको एक सूचना जारी गरेर जानकारी दिएको टाइम्स अफ इण्डियाले लेखेको छ । भारतले पहिलो पटक प्रतिबन्ध लगाउँदा यी एपहरुलाई गोपनीयता नीति र सुरक्षा चिन्ताका विषयमा आफ्नो पक्ष राख्न अवसर दिएको थियो ।

बाइटडान्सको चर्चित एप टिकटक, टेन्सेन्ट होल्डिङको विच्याट, अलीबाबाको युसी ब्राउजरसहितका यी सबै एपहरुलाई प्रश्नहरुको एक सूची पठाएर जवाफ दिन भनिएको थियो । व्यवसायिक अखबार लाइभमिन्टले यस विषयसँग सम्बन्धित एक स्रोतलाई उद्धृत गर्दै भनेको छ ‘ती कम्पनीले दिएको जवाफसँग सरकार सन्तुष्ट हुन सकेन त्यसैले अब प्रतिबन्ध स्थायी भएको छ ।’ स्रोतले मन्त्रालयले स्थायी प्रतिबन्धको सूचना गत हप्ता जारी गरेको जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *