ट्रम्पविरुद्ध लगाइएको महाअभियोग फेल हुने संकेत

डिसी नेपाल
१३ माघ २०७७ १२:४२

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा ट्रायल प्रक्रिया सुरु भएको छ । सोमबार अबेर डेमोक्र्याट सांसदहरुले ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव सिनेटमा दर्ता गराएका छन् । तर, डेमोक्र्याट सांसदहरु ट्रम्पलाई महाअभियोग लगाएर हटाउने पक्षमा अडिग रहँदा रिपब्लिकन सांसदहरुको रवैया भने बदलिन थालेको छ ।

समाचार एजेन्सी एपीका अनुसार रिपब्लिकनहरुको शैली पछिल्लो समय फेरिँदै गएको देखिएको छ । जनवरी ६ मा ट्रम्प समर्थकहरुले संसद भवनमा आक्रमण गरेपछि दुवै पार्टीले तत्कालीन राष्ट्रपति ट्रम्पको निन्दा गरेका थिए । तर, अहिलेसम्म आइपुग्दा रिपब्लिकनहरु ट्रम्पलाई महाअभियोग लगाउने विषयबाट पछि हट्दै गएको देखिएको छ । यसलाई ट्रम्पको आफ्नो पार्टीभित्र प्रभाव देखिएको रुपमा विश्लेषण गरिएको छ ।

रिपब्लिकनहरुको बदलिँदो कार्यशैलीले ट्रम्पविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव फेल हुने संकेत देखिएको छ । कम्तीमा १७ जना रिपब्लिकन सांसदले ट्रम्पको विपक्षमा मतदान नगरेसम्म ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पास हुँदैन । र, पार्टीभित्र ट्रम्पको प्रभाव यसैगरी देखिएमा रिपब्लिकन सांसदहरुले ट्रम्पको पक्ष लिनेछन् र उनीविरुद्धको महाअभियोग फेल हुनेछ । ट्रम्पको ट्रायल ८ फेब्रुअरीदेखि सुरु हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *