सबैभन्दा अभागी बेहुली, जसको बिहे तय भएर ७ पटकसम्म रद्द भयो

डिसी नेपाल
१३ माघ २०७७ १३:२३

काठमाडौं। पटक–पटक बिहे तय भएर रद्द गर्नुपर्दा दिग्ग भएकी एक हुनेवाली बेहुलीले आफूलाई देशकै सबैभन्दा अभागी हुनेवाली बेहुली मान्न थालेकी छिन् । उनको बिहे ७ पटकसम्म तय भएको मितिमा हुन नसकेर रद्द गर्नु परेको छ । बेलायतकी २९ वर्षकी बेथ डिलेले विगत ६ वर्षदेखि आफ्ना बाल्यकालका प्रेमी जोन्टी विलियमसनसँग भव्य बिहे गर्ने योजना बनाइरहेकी छिन् । तर, गएको अप्रिल ४ का लागि तय गरिएको उनीहरुको बिहे रद्द गर्नुपर्यो ।

द सनको रिपोर्टअनुसार अहिलेसम्म आइपुग्दा उनीहरुले आफूहरुको रद्द भएको बिहेको तयारीका लागि मात्र ३ हजार ५ सय पाउण्ड (साढे ५ लाख रुपैयाँ) खर्च गरिसकेका छन् । अप्रिलमा बिहे रद्द भएपछि दुखी भएका बेथ र जोन्टीले आफूहरुको बिहे ६ महिना पछि सारेर अझै भव्य गर्ने सोच बनाए । यसका लागि उनीहरुले लकडाउनको अवधिका विभिन्न सजावटका सामग्रीहरु बनाउन थाले । तर, सेप्टेम्बरमा उनीहरुले बिहे तय गरेको ठाउँका आयोजकले कोभिड कडाइका कारण कार्यक्रम गर्न नसकिने बताए ।

त्यसपछि उनीहरुले २०२१ का लागि तेस्रो मिति तय गरे । उनीहरुले सामान्य रुपमा कानुनी बिहे गर्ने तय गरे तर त्यही बेला जोन्टीकी बहिनीको परीक्षा पर्यो र उनीहरुले मिति फेरि सार्नुपर्यो । बेथले द सनसँग भनिन् ‘हामी हाम्रो ब्याडलकको लागि हाँस्न वा रुन मात्र सक्थ्यौं ।’ बेथका अनुसार पहिलो मिति सार्नुपर्दा उनीहरु निकै दुखी भएका थिए किनकि त्यतिबेला उनीहरुका परिवारका सदस्य अस्ट्रेलियाबाट आएका थिए ।

यो जोडी १० वर्षदेखि साथमा छन् र उनीहरुको इंगेजमेन्ट २०१४ मै भइसकेको छ । उनीहरुले ६ वर्षदेखि योजना बनाएर बिहेको मिति तय गरेका थिए । पटक पटक बिहे सरेपछि पछिल्लो पटक उनीहरुले २०२१ को अप्रिलका लागि बिहे तय गरेका थिए तर अहिलेसम्म आइपुग्दा त्यो मितिमा पनि बिहे हुन नसक्ने देखिएपछि उनीहरुले २०२१ को अक्टोबरलाई बिहेको मिति तोकेका छन् । उत्सव गरेर बिहे गर्न नपाएपछि उनीहरुले अनगिन्ती पटक कानुनी रुपमा बिहे दर्ता गर्दा रजिस्ट्रार अफिसमा समय लिएका थिए । तर, हरेक पटक उनीहरुले लिएको समय रद्द भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *