‘परस्त्री’सँग अश्लील फोटो देखेपछि श्रीमानलाई छुरा हानिन् तर फोटोमा त उनी आफैं थिइन् !

डिसी नेपाल
१३ माघ २०७७ १४:०७

काठमाडौं। आफ्ना श्रीमानको ‘अर्कै युवती’सँग आपत्तिजनक तस्वीर देखेपछि एक महिलाले श्रीमानलाई पटक पटक छुरा प्रहार गरेकी छिन् । मेक्सिकोकी यी महिलाले श्रीमानको मोवाइल फोनमा आफ्ना श्रीमान ‘अर्कै महिला’सँग यौनकार्यमा संलग्न भएको तस्वीर भेटेकी थिइन् । तर, उनले यो कुरा थाहा पाउन सकिनन् कि खासमा ती तस्वीरमा भएकी युवती अरु कोही नभएर उनी आफैं थिइन् । पुलिसले लियोनोरा आर मात्रै नाम बताएको र अन्य पहिचान नखुलाएकी ती महिला गत हप्ता पक्राउ परेको स्थानीय मिडियालाई उद्धृत गर्दै डेलीमेलले लेखेको छ

अधिकारीहरु लियोनाराको घरमा पुग्दा त्यहाँ कैयौं पटक चक्कु प्रहार गरेर घाइते भएका लियोनाराका श्रीमान जुआन एनलाई भेटेका थिए । उनको हात र खुट्टामा कैयौं पटक चक्कु प्रहार गरिएको थियो । लियोनाराले जुआन एक युवतीसँग यौनमा लिप्त भएको फोटो उनको फोनमा देखेपछि उनले आक्रमण थालेकी थिइन् । उनले फोटोमा देखिएकी युवती अर्कै युवती भएको विश्वास गरेकी थिइन् ।

जुआनलाई वास्तविकता बताउन समेत मौका नदिइ लियोनाराले तत्कालै चक्कु प्रहार गर्न थालेकी थिइन् । जुआनले जसोतसो संघर्ष गरेर लियोनाराको हातबाट चक्कु खोस्न सफल भएपछि उनले श्रीमतीसँग कुन फोटोको बारेमा कुरा गरेको भनेर सोधेका थिए । त्यसपछि मात्रै उनले ती फोटोहरु आफ्नो र लियोनाराकै भएको र यी फोटोहरु उनीहरुको बिहे हुनुपूर्व डेटिङका क्रममा खिचिएको बताएका थिए । लियोनाराले तत्कालै ती फोटोमा आफूलाई चिन्न सकेकी थिइनन् किनकि फोटोकी युवती जवान, पातली र मेकअप गरेकी थिइन् ।

जुआनका अनुसार उनले हालै ती फोटोहरु एउटा पुरानो इमेलमा भेटेपछि फोनमा डाउनलोग गरेका थिए । लियोनोराले पनि पछि फोटोमा आफू नै भएको थाहा पाएकी थिइन् । लियोनोरालाई हिरासतमा राखिएको छ । जुआनको चोटको स्थितिबारे कुनै जानकारी दिइएको छैन । यद्यपि उनलाई कैयौं चोट लागेको भए पनि उनी निको हुने अपेक्षा गरिएको छ । छिमेकीहरुले उनीहरुको घरभित्र चिच्याएको आवाज सुनेपछि पुलिसलाई खबर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *