इजरायलमा राजदूत डा.शाक्यले लगाइन फाइजर भ्याक्सिनको पहिलो डोज

डिसी नेपाल
१३ माघ २०७७ १४:४०

काठमाडौं। इजराइलको लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले कोरोना भाइरस विरुद्धको खोप फाइजर भ्याक्सिन लगाएकी छन्। इजरायलमा डा.शाक्यले आज (मंगलबार) कोरोना भाइरसविरुद्धको उक्त खोपको पहिलो डोज लगाएकी हुन्।

ईजरायलमा यस खोप निःशुल्क लिनका लागि स्वास्थ्य बिमा संस्थानमा दर्ता हुनुपर्ने व्यवस्था छ। यसमा दर्ता भएकाहरुलाई उमेर हेरी स्वास्थ्य बिमा कम्पनीहरुले खोपका लागि सम्पर्क गर्ने गर्दछन्।

त्यहाँ हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोपाइएको भएपनि छिट्टै सबैलाई खोप दिने गरी सरकारले निर्णय गर्न लागेको बुझिएको छ। तसर्थ, खोपका लागि स्वास्थ्य बिमा अनिवार्य गरिएको सन्दर्भमा बिमा नगरेका सबै ईजरायलवासी नेपालीहरुलाई बिमा गर्न नेपाली दूतावासले गर्न आग्रह गरेको छ।

साथै, इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले त्यहाँका सम्पूर्ण नेपालीहरुको तर्फबाट ईजरायल सरकारलाई धन्यवादसमेत दिएको छ।

ईजरायलमा हालसम्म २५ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप उक्त भ्याक्सिन लिएका छन्। त्यहाँ बढी उमेरका तथा कोभिडविरुद्धको लडाइँमा फ्रन्टलाइनमा रहनेहरुलाई खोप दिने सूचीको प्राथमिकतामा राखिएको छ।

त्यहाँ खोप अभियानमा अवकासप्राप्त डाक्टर, नर्स, आपतकालीन चिकित्सा सहायता कामदारहरु समेतले स्वयंसेवकका रुपमा सरकारलाई सघाइरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *