हजारौं नग्न फोटो लिक भएकी आफ्नी गर्लफ्रेण्डलाई राजाले दोस्री रानीको उपाधि दिए

डिसी नेपाल
१३ माघ २०७७ १६:२३

काठमाडौं। केही समयअघि हजारौं नग्न फोटो लिक भएकी थाइल्याण्डका राजा महा वाजीरालंकर्णकी गर्लफ्रेण्ड सिनिनात वोङवाजीरापक्डीले अब देशकी रानीको उपाधि पाएकी छिन् । उनको ३६ औं जन्मदिनको अवसरमा राजाले उनलाई उपहारस्वरुप देशकी दोस्रो रानी बनाएका हुन् । यसअघि भने राजाले सिनिनातलाई १ नम्बरकी रानीको सम्मान नगरेको भन्दै जेलमा हालेका थिए । सिनिनात जेलबाट केही महिनाअघि मात्र छुटेकी हुन् ।

गत महिना सिनिनातले आफैं खिचेको दावी गरिएका हजारौं नग्न सेल्फीहरु लिक भएका थिए । यी सेल्फीहरु सिनिनातका विरोधीहरु तथा थाइल्याण्डमा राजतन्त्रविरुद्ध अभियान चलाइरहेका अभियन्ताहरुले विभिन्न मिडिया आउटलेटलाई पठाएको बताइएको थियो । पछिल्लो समय थाइल्याण्डमा राजतन्त्रविरुद्ध प्रदर्शन चलिरहेका बेला राजाले अचानक यस्तो निर्णय गरेका हुन् । केही समययता थाइल्याण्डमा राजतन्त्रको पुनर्संरचनाको मागसहित प्रदर्शन भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *